स्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमणको आशंका: रिपोर्ट आउंदै - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

स्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमणको आशंका: रिपोर्ट आउंदै



काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा राखिएको छ। ढकालले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा बसेका हुन्।

मन्त्रालय स्रोतका अनुसार बिहीबारदेखि मन्त्री ढकाल मन्त्रालय आएका छैनन्।

मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए।

ती महिलामा कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरेसँगै मन्त्री ढकाल क्वारेन्टाइनमा गएको मन्त्रालयका अधिकारीहरूले बताए। ती महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो।

मन्त्री ढकालको मंगलबार स्वाब संकलन गरिएको छ। र, बेलुकासम्म रिपोर्ट आएपछि त्यही आधारमा मन्त्रीको आगामी सेडुल तय हुने अधिकारीहरूले बताए।

त्यस अगाडि सरुवा रोग महाशाखाका चिकित्सकलाई कोरोना पुष्टि भएसँगै पनि मन्त्री ढकालको पिसिआर परीक्षण गरिएको थियो।