प्रचण्ड र माधवको धज्जी उडाउन कार्यकर्तालाई ओलीले दिए निर्देशन - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

प्रचण्ड र माधवको धज्जी उडाउन कार्यकर्तालाई ओलीले दिए निर्देशन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”

प्रचण्डले पहिले सूर्य चिह्न छाडेको भन्दै अहिले किन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

ओलीले माधव नेपाल आफूले छोडेर अध्यक्ष भएको बताएका छन्।

मदन भण्डारी मरेर र आफूले अध्यक्षको उम्मेद्वारी छोडेको भएरमात्रै अध्यक्ष भएको ओलीको टिप्पणी छ। युवा संघले राजधानीमा आयोजना गरेको भेलामा उनले नेकपाकै अर्को समूह माधव प्रचण्ड समूहलाई आक्रमण गरेका हुन्।

‘अलि समय काम गरेको भएर माया पनि लाग्छ। हिजो उहाँलाई साथ दिने कोही छ उहाँसँग नारायणकाजी जनयुद्ध लडेको मान्छे हो। माधव नेपाल मदन भण्डारी मरेको र मैले छोडेको भएर अध्यक्ष भए र अन्तबाट च्यानल लगाएर प्रधानमन्त्री भए,’ उनले भने।

प्रचण्डलाई पूर्व माओवादीका सबै नेताले छोडिसकेकाले उनी राजनीतिमा कमजोर बन्दै गएको ओलीको टिप्पणी छ।

‘प्रचण्डसँग पुगेका मान्छे कस्ता छन्। माधव नेपाल नारायणकाजी। एउटा मौका आएको थियो लोकतान्त्रिक विश्वास आर्जन गर्ने,’ उनले भने।

प्रचण्डप्रति आफूलाई दया लागेर आएको ओलीले कटाक्ष गरे।