दिल्लीमा धादिङ जिल्लाकी महिला अलपत्र परेको अबस्थामा फेला - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

दिल्लीमा धादिङ जिल्लाकी महिला अलपत्र परेको अबस्थामा फेला



अर्जुन खनाल/नयाँ दिल्ली

हेर्दा सोझो अलि सुस्त मनस्थिति भएको जस्तो देखिने धादिङ जिल्ला झरे खोला काङृरी चितवन् नजिकै घरबताउने माया श्रेष्ठ हाल भारतको नोएडा सेक्टर १२२ बाट अलपत्र  परेको अबस्थामा फेला परेकी छन । उनलाई नेपाली जनसम्पर्क समिति उत्तर भारतले ,भारतमा रहेको नेपाली दुतावासमा बुजाएको जानकारी जनसम्पर्क समितिका अर्जुन धरेलले हामीलाई जानकारी गराएका छन्  ।धरेल दिल्लीमा होटल व्यवसायी हुन ।

उनलाइ नेपाली दुतावासम्मा बाह्रखम्बा रोड दिल्लीमा सुरक्षित राखिएको छ । उनी आफ्नो माइती घर फर्कन चाहान्छिन तर उनको माइतीको हुन थाहा हुन भने सकेको छैन । धरेल भन्छन ‘म धादिङ्गकै बासिन्दा रहेकोले उनलाइ उनको माईति  समक्ष पुराउन चाहान्छु तर माइतीको घर धादिङ्ग भनिएता पनी अझै  पत्ता लाग्न भने सकेको छैन ‘। नेपाली जन संपर्क समिति उत्तर भारत क्षेत्रको सकृयतामा उनलाई खोज तलास गरिएको हो । उनि थप्छन “धादिङमा रहेका मानव  अधिकारवादी र महिला उद्धार संघसस्थामा मेरो अनुरोध पिडीत माया श्रेष्ठ तपाइ हाम्रो सहयोगले आफनो माइत पुग्न सकुन ,जिल्लाका आनलाइन पत्रिका  या एफ एमबाट पनि  खबर गरि दिन हुन बिनम्र अनुरोध गर्दछु” ।

यदि  कसैले चिन्नु भयको छ भने माइती नेपालको केन्द्रिय कार्यलय काठमाडौंमा सम्पर्क गर्नु होला। अर्थात नेपाली जनसम्पर्क समिति उत्तरभारत दिल्लीलाइ जानाकारी दिनुहोला वा यो नम्बरमा सम्पर्क गर्नुहोला ।

सम्पर्क नम्बर

अर्जुन धरेल:-  +91 -7838410884