धादिङमा भूकम्प, काठमाडौं समेत हल्लियो - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

धादिङमा भूकम्प, काठमाडौं समेत हल्लियो



काठमाडौं- धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा समेत महसुस भएको थियो ।