डिउ किन्नुहोस लेदो, लेउ र किरा सित्तैमा पाउनुहोस ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डिउ किन्नुहोस लेदो, लेउ र किरा सित्तैमा पाउनुहोस !



मङ्गल बास्कोटे/लम्की

गर्मी मौसममा अत्यधिक उपभोग हुने पेय पदार्थ चिसो माउन्टेन डिउको बोतलमा फोहोर (लेदो) भेटिएका छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.२ भल्का स्थित एक होटेलमा माउन्टेन डिउ पिउने क्रममा उक्त लेदो भेटिएको हो ।

सिल प्याक २ सय ५० एम.एल काँचको बोतल भित्र पहेँलो रङको लेदो प्रस्ट देखिएको थियो । लम्की चुहा नगरपालिका वडा नं.१ लम्कीमा रहेको डी एस सेल्स प्वाईटले उक्त माउन्टेन डिउ होटेलमा बिक्री गरेको थियो ।

दैनिक रूपमा उपभोग गर्दै आएका उपभोक्ताहरुकोे स्वास्थयलाई ख्याल नै नगरी प्याकिङ्ग गरिएका यस्ता पेय पदार्थहरू खुलेयाम बिक्री वितरण गरिँदै आई रहँदा पनि नियमनकारी निकाय भने उदासिन देखिएको छ ।

बरुण बेभरेज नेपाल प्रा.ली द्धारा उत्पादीत मानव स्वास्थ्यको ख्यालै नगरी लेदो युक्त पेयपदार्थ माउन्टेन डिउ कैलालीको लम्की,चिसापानी,भल्का,बलिया,बौनिया,सुखड लगायतका ठाउँमा प्रभुट्रेड एण्ड कन्सर्न भल्काले डिस्ट्रब्युट गर्दै आइरहेको छ ।

उक्त लेदो सिल प्याक बोतलमा देखिनुले मानव शरीरमा हानी गर्ने होकी भन्दै पेय पदार्थ माउन्टेन डिउ सेवनले गर्नेहरुलाई त्रसित पारेको छ ।

यस अघि पनि माउन्टेन डीउमा किरा र विभिन्न खाले फोहोर भेटिएको थियो । सम्बन्धित निकायले यसलाई गम्भिरतापूर्वक नलिएकोले उत्पादकले पटक पटक जनस्वास्थ्यको ख्यालनै नगरी उत्पादन गर्ने गरेकाछन् ।

यी र यस्ता उत्पादक र व्यापारीलाई कडा भन्दा कडा कारवाही नगर्नुले पनि यिनीहरुको मनोबल बढेको हुनसक्छ ।