चुनावबाट पछि हट्न धम्की मलाई धम्क्याईयो, फोन रेकर्ड सुरक्षित छन्: खिमलाल देवकोटा
काठमाडौं- राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई नेताहरूले थर्काएको खुलासा गरेका । उनले केहीको फोन रेकर्ड सुरक्षित रहेको समेत बताएका छन् ।
उनले थर्काउनेहरूको आवाज आफूले रेकर्डमा राखेको र आवश्यक परेमा नाम खुलाउने बताएका छन् । राष्ट्रियसभामा उनले एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरेका थिए ।
‘व्यक्तिगत रूपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौँला । कसै-कसैको त भ्वाइस रेकर्ड नै राखेको छु,’ देवकोटाले फेसकुबमा लेखेका छन् ।
देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार थिए । उनले प्रतिस्पर्धी बादललाई १ हजार ७४ मतले पराजित गरेका थिए ।