डेभिड वार्नरले बनाए अर्को किर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

डेभिड वार्नरले बनाए अर्को किर्तिमान



काठमाडौं । अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले हालको विश्वकप क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा उनले १ सय ६६ रन बनाए ।

१ सय ४७ बलमा उनले १४ चौका र ५ छक्काको सहायताले १ सय ६६ रन बनाएका हुन् । यसअघि यो कीर्तिमान ज्यासन रोय आरोन फिन्चको नाममा थियो । उनीहरुले समान १ सय ५३ रन बनाएका थिए ।