नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल सहित अन्य नेता दिल्लीमा
नया दिल्ली , २५ मंसिर ।
नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल आज बिहान दिल्ली आएका छन् । नयाँ शक्ति नेपालको भारत स्थित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको भोली र पर्सि हुने कार्यकर्ता भेलामा सहभागि हुन पौडेल दिल्ली आएका हुन् ।
पौडेलसँगै नेपाली एकता समाजका संस्थापक सदस्य राजु नेपाली र अन्य पनि आजै दिल्ली आएको स्रोत ले बताएको छ । नेता पौडेलले संक्षिप्त कुरा गर्दै अहिलेको २१ औ शताब्दीमा नयाँ ढंगले भारत र चिनको सम्बन्धलाई विश्लेषण गर्नु पर्ने वातए । उनले नेपालको आर्थिक विकासकालागि नेपालले भारत र चिनसँग संतुलन मिलाएर अघि बढनु पर्ने बताए ।
नेपालमा नयाँ शक्ति नयाँ एजेण्डा सहित आएको छ तर भारतमा क्रियाशिल यसको सहयोगि संस्था अन्तरराष्ट्रिय नेपाली समाजमा खासै नयाँ एजेण्डा देखिएन भन्ने जिज्ञाशाको जवाफ दिँदै नेता देवेन्द्र पौडेलले भने – ‘हामी यहि विषयमा भोली र पर्सि दिल्लीमा हुने कार्यकर्ता भेलामा छलफल गर्ने छौं, आशा गरौं प्रवासी नेपालीहरुका हितमा नयाँ र पेचिला योजनाहरु ल्याउनेबारे निर्णयहरु हुनेछन् । दिल्लीमा हुने कार्यकर्ता भेलामा भारतका १५ राज्यहरुवाट भण्डै ४ सय कार्यकर्ताहरु दिल्लीमा भेला हुने आयोजक कृष्णराज गैरेले बताए ।