प्रधानमन्त्री ओलीले एक पद त छाड्नैपर्छ: देवेन्द्र पौडेल - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रधानमन्त्री ओलीले एक पद त छाड्नैपर्छ: देवेन्द्र पौडेल



काठमाडौं- सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताएका छन् ।

पार्टीभित्रको विवादलाई निकास दिन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्नेमा उनले जोड दिए ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपा स्थायी कमिटी सदस्य पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने बताए ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पदमात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’–उनले भने ।

पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउंदै उनले । पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खन्डमा विवाद समाधान हुने समेत बताए ।

नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै पौडेलले अब समस्या समाधान गर्ने जिम्मा अध्यक्ष ओलीले लिनुपर्ने बताए ।

सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेरमात्रै निकास निस्कने उनले बताए ।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाइ छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको समेत पौडेलले बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने नेता पौडेलको तर्क छ ।