देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा फर्कने तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा फर्कने तयारी



काठमाडौं, १२ असार ।

नयाँ शक्ति पार्टीले अपेक्षित आकार लिन नसकेपछि पार्टीको एउटा समूह विकल्पको खोजीमा लागेको छ । विशेष गरेर माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टी अब नबन्नेमा ढुक्क छन् । साँघु साप्ताहिकमा खबर छ– स्रोतका अनुसार, यस्तो निष्कर्षमा पुगेका पूर्वमाओवादीहरुको नेतृत्व नेता देवेन्द्र पौडेलले गर्दै आइरहेका छन् ।

पौडेलले यस्तै निष्कर्षमा पुगेका नेताहरुसँग माओवादी केन्द्रमा जाने विषयमा नै छलफल गरिसकेका छन् । पहिलो चरणको निर्वाचअघि नै माओवादी केन्द्रमा प्रवेश गर्ने गरी पौडेलले छलफल अघि बढाए पनि प्राविधिक कारणले रोकिएको थियो । स्रोतका अनुसार, पहिलो चरणमा आएको परिणामले पौडेलको समूह माओवादीमा प्रवेश गर्न हतारिएको छ ।

‘चुनावअघि नै नयाँ शक्ति छाडेर माओवादीमा जानेबारे पौडेलले छलफल गरेका थिए,’ स्रोतले भन्यो, ‘निर्वाचनलगायतका कारण माओवादीमा जाने तयारी रोकिएपनि असार १४ को निर्वाचनपछि पुरानै घरमा फर्कने तयारी छ ।’ स्रोतका अनुसार, माओवादीबाट आएको एउटा समूहले छिटोभन्दा छिटो माओवादीमा जान पौडेल समूहलाई दबाब दिइरहेको छ ।