हामीलाई आमा र मातृभूमी सबैभन्दा प्यारो छ : देवेन्द्र पौडेल - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

हामीलाई आमा र मातृभूमी सबैभन्दा प्यारो छ : देवेन्द्र पौडेल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद देवेन्द्र पौडेलले प्रत्येक देशका लागि दुई कुरा पहिलो आमा र दोस्रो मातृभुमी सबैभन्दा प्यारो हुने बताएका छन् ।

पौडेलले संसदमा जारी संविधान संशोधन विधेयकमाथि बोल्दै आमा र मातृभुमी सबै देशका नागरिकका लागि सबैभन्दा महत्वपुर्ण हुने बताएका हुन् । पौडेलले आफूहरुले अरुको भुगोल नचाहेको बरु नेपालकै भुमी चाहेको पनि बताएका छन ।

पौडेलले भने, ‘प्रत्येक देशका लागि दुई कुरा महत्वपुर्ण हुन्छ । पहिलो आमा र दोस्रो मातृभुमी । यि दुई कुरा सबै भन्दा प्यारा हुन्छन । कसैसँग लक्षित नगरि भन्न चाहान्छौँ दिल्ली र बेइजीङले सुनोस हामी नेपालीका पनि यि दुई कुरा संसारमा सबैभन्दा बढी प्यारा छन । हामी खवरदारी गर्न चाहान्छौँ हाम्रो नेपालीहरुको मातृभुमी त्यसैगरी प्यारो छ । हामी तपाईहरु कसैको भुगोल चाहेका छैनौँ, हामी हाम्रो भुगाले चाहेका छौँ । हाम्रो मातृभुमीको कलेजोको टुक्रा हामीले चाहेका छौँ । महाकाली नदी आधा हो, पानी साझा हो भनेर नेपालीले धेरै नारा लगाए । हामी त्यही मातृभुमी यहाँ चाहेका छौँ ।’