देव विकास बैंकद्बारा विपन्न परिवारलाई राहत वितरण - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

देव विकास बैंकद्बारा विपन्न परिवारलाई राहत वितरण



सुखड,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका अति विपन्न परिवारहरुलाई देवः विकास बैंकले राहत वितरण गरेको छ ।

देवः विकास बैंक पहलमानपुर शाखाले घोडाघोडी नगरपालिका-९ फारामका अति विपन्न ३६ परिवारलाई आइतबार जनप्रतिनिधिको रोबहरमा राहत वितरण गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अति विपन्न परिवारलाई राहत स्वरुप चामल, दाल, तेल नुन लगायतको करिब ५० हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेको देवः विकास बैंक पहलमानपुर शाखाका प्रमुख महेन्द्र बहादुर बोगटीले जानकारी दिए । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा अति विपन्न परिवारलाई समस्या परेको हुँदा राहत स्वरुप खाद्यान्न वितरण गरेको शाखा प्रमुख बोगटीले बताए ।

बैंकले अति विपन्न परिवारलाई प्रति परिवार १५ किलो चामल, २ किलो दाल, दुई लिटर तेल, २ वटा साबुन र १ किलो नुन वितरण गरेको हो । समस्यामा परेका अति विपन्न परिवारलाई सहयोग गरेको भन्दै घोडाघोडी नगरपालिका वडा नं ९ का अध्यक्ष कृष्ण बहादुर शाहले बैंक परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।