सबै मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाले किन बोलाए ? - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

सबै मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाले किन बोलाए ?



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाबही लगायत विषयलाई लिएर मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि बुधबार दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै निर्देशन दिने कार्यक्रम रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार दिउँसो ३ बजे मन्त्री र सचिवहरूलाई निर्देशन दिने कार्यक्रम रहेको बताइन् । ‘धेरै समय पार्टीका आन्तरिक काममा उल्झन भयो, अब सरकारका काममा केन्द्रित हुनुपर्नेछ, प्रधानमन्त्रीज्यूले निर्देशन दिने कार्यक्रम छ,’ मन्त्री रेग्मीले भनिन् ।

त्यसअघि दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठकमा सरकारका काम कारबाही र प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

देउवा यसपटक प्रधानमन्त्री भएपछि पहिलो पटक आगामी साता भारत भ्रमणमा जाँदैछन् । त्यस्तै, राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीको विषयमा समेत छलफल हुने जनाइएको छ ।