देउवाले गरे पद छाड्ने घोषणा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

देउवाले गरे पद छाड्ने घोषणा



धनगढी ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् ।

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए ।

उनले वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको टिप्पणी गरे ।

“मैले पद छोड्दिनँ भनेकै छैन सहमति गरेर प्रधानमन्त्रीको नाम त दिनुपर्यो नि,” देउवाले भने, “आफुले नाम चयन गर्न नसक्ने मैले छाडेन भन्ने ? देशलाई प्रधानमन्त्रीविहीन बनाउन मिल्छ ?”

सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने बताए । उनले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको वैठकले राजधानी फेरबदल गर्ने जानकारी दिए ।

उनले त्यसका लागि सवैभन्दा बढी समस्या प्रदेश नम्बर ७ मा भईरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने बताए ।

उनले ३, ४ दिनभित्रै सबै काम सक्ने पनि प्रतिवद्धता पनि जनाए ।