गगन र विश्वप्रकाशको दवावपछि देउवाले दिए लिपुलेकको निकास खोज्न निर्देशन - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

गगन र विश्वप्रकाशको दवावपछि देउवाले दिए लिपुलेकको निकास खोज्न निर्देशन



काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेकको समस्याबारे कुटनीतिक पहल गर्न निर्देशन दिएका छन् । नेपाल सरकारले कानमा तेल हालेको भन्दै चर्को आलोचना भैरहेका बेला उनले यस्तो निर्देशन दिएका हुन् ।

कांग्रेस महमन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले लिपुलेकको बारेमा सरकारको धारणा तयका लागि दबाब दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि देउवाले यस्तो निर्देशन दिएका हुन् ।

थापा र शर्माले नेपाली भूमिको सन्दर्भमा कूटनीतिक संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। महामन्त्रीद्वय थापा र शर्मा बालुवाटार संवादमै रहेका बेला प्रधानमत्री देउवाले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई फोन गरेको बताइएको छ।

लिपुलेकको बारेमा कूटनीतिक पहलमार्फत निकास खोज्न देउवाले परराष्ट्र मन्त्री खड्कालाई निर्देशन दिएको स्रोतले बताएको छ ।

त्यसै समयमा देउवाले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि फोन गरे। सरकारी धारणा तय गर्न देउवाले कार्कीलाई निर्देशन दिएका छन्।

सरकारी धारणा सार्वजनिक गर्ने पृष्ठभूमि तयार गरेर महामन्त्रीद्वयले कांग्रेसको आधिकारिक धारणा प्रकाशित गरिसकेका छन्।