देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बुधबार बिहान ९ बजेका आफ्लानै निवास बुढानिलकण्ठमा उनले बैठक बोलाएका छन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीको १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । त्यसका अलावा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गत शुक्रबार १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त भएका थिएनन्।