देउवाले भने- राष्ट्रपतिले आफ्नै मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाईन् - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

देउवाले भने- राष्ट्रपतिले आफ्नै मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाईन्



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले आफैले आफ्नो पदको मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाएको बताएका छन् । राष्ट्रपतिले मर्यादा नराखेर केपी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन् । देउवाले अहिले राष्ट्रपतिको भूमिका ओलीको कार्यकर्ताको मात्रै भएको आरोप लगाए ।

देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको रवरस्ट्याम्प बनेको बताए । उनले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी भएको बताए । देउवाले आफूलाई बेकारमा ओलीसंग मिलेको आरोप लगाउने गरेको समेत बताए ।

गठबन्धनका तर्फबाट गरिएको पत्रकारसँग अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताए ।

उनले भने, ‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भय हुन्थ्यो । को कता छ भनेर सोधेको भय हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गरायको भय नि हुन्थ्यो ।’

देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाउने बताए । उनले भने, ‘अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ ।’

राष्ट्रपतिप्रति निकै आक्रोशित बनेका देउवाले भने, ‘राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो ।’