देउवाले भने: कांग्रेस गल्यो, अब कम्युनिस्टको राज चल्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवाले भने: कांग्रेस गल्यो, अब कम्युनिस्टको राज चल्छ



धादिङ – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

उनले कांग्रेस पार्टीमा देखिएको गुट अन्त्य गरी पार्टी एक गर्ने सुरुवात धादिङ जिल्लाबाट नै हुनुपर्ने बताए ।

नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्वमहासमिति सदस्य तेजप्रसाद उप्रेतीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले भने, ‘पार्टी एकता कायम गर्नु जरुरी छ । पार्टी एकता भएन भने कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ । ’