देउवालार्इ अाफ्नै मन्त्रीले थर्काए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

देउवालार्इ अाफ्नै मन्त्रीले थर्काए



काठमाडाैं ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर रुष्ट छन् । बुधबार हिजो मात्रै सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको बिषयमा अाफु अनुकुल नभएपछि बलायर अाफ्नै पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग रूष्ट भएका हुन् । देउवाले अाफुअनुकुल काम गरेको भन्दै मन्त्री बलायर र देउवाबीच त हिजोको मन्त्रीपरिषद् बैठकमै चर्को भनाभन भएको थियो । बलायर देउवा सामू कडा रूपमा प्रस्तुत भएका थिए ।

बलायर मात्रै होइनन् देउवासँग उद्योगमन्त्री सुनिल बहादुर थापा, सञ्चारमन्त्री मोहन बहादुर बस्नेत र मन्त्री डिल्ली चौधरी पनि रुष्ट छन् । ३ नम्बर प्रदेशको राजधानी काभ्रे हुनुपर्छ भन्दै सुरुदेखि सञ्चारमन्त्री बस्नेतले लविङ् गर्दै अाएका थिए । तर मन्त्री बस्नेतको कुरा देउवाले एक कानले सुनाए अर्को कानले उडाए । अन्तत उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाको दबाबमा ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटाैंडा तोकियो ।

त्यस्तै मन्त्री चौधरीले ५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भन्दै चर्को दबाब दिदैं अाएका थिए । शुरूमा प्रदेश ५ को राजधानी दाङ नै हुनेमा देउवाले चाैधरी अाश्वासन दिएका थिए । तर अन्तिम अवस्थामा उक्त प्रदेशको राजधानी बुटवल भएको छ ।

मन्त्री बलायरले प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने माँग गर्दै आएका थिए । तर देउवाले उनको कुरा सुनेनन् । उनले ७ नम्बर प्रदेशको राजधानी धनगढी बनाए । यो निर्णयसँगै मन्त्री बलायर तत्काल राजीनामा दिने मुडमा पुगेको स्रोतले खबरडबलीलार्इ बतायो ।