सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा देउवा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा देउवा



काठमाडौं– नेपाली कांग्रेस पार्टीको आगामी असोज १९ गते तय भएको केन्द्रिय समितिमा कसरी प्रस्तुत हुनेबारे धारणा बनाउन आज सभापति शेरबहादुर देउवा समूहको बैठक बुढानिलकण्ठमा बसेको थियो ।

उक्त बैठकले बरिस्ठ नेता रामचन्द्र पौडेलले बुझाएको ज्ञापनपत्रको बारेमा बुँदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रिय समितिमा स्पष्ट पार्ने निर्णय भएको छ ।

उक्त बैठकमा देशभर कोभिड–१९को प्रकोपले जनता पारेको असार र सरकारले गरेको अनियमितताको र भ्रष्टाचारको बारेमा छलफल गर्न र संसदको विशेष अधिबेशन माग गर्नका लागि संसदीय दलको बैठक चाडै बस्ने बारेमा केन्द्रिय समितिमा प्रस्ताव लैजाने निर्णय भएको छ ।

त्यस्तै बैठकले सरकरले गरेका पछिल्लो विभिन्न काण्डहरुको बिरोध गर्न सामाजिक दुरी कायम गरि देशभरबाट बिरोध गर्ने प्रस्ताव पनि आगामी केन्द्रिय समितिमा पेस गर्ने निर्णय भएको नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।