देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु



काठमाडौं । जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु गरेका छन् ।

विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भैसके । उनैले सम्हालेको मन्त्रालय हो पर्यटन । जयअन्तर्गत वायु सेवा निगमको रणनीतिक साझेदारीका रुपमा जर्मन वायुसेवा कम्पनी लुफ्थान्सारलाई भित्र्याउने अन्तिम चलखेल जारी छ ।

त्यसको एजेन्टको रुपमा भूमिका खेलिरहेका छन्, देउवाका साला प्रदीप राणाले ।

अहिले यहि मामिलामा सचिव पनि फेरिएको छ । पर्यटनमा हुँदा शंकर अधिकारीले यसमा सहमति माग गर्दै अर्थलाई पत्र पठाएका थिए । उनी अहिले आफैं अर्थ मन्त्रालय सम्हालिरहेका छन् । त्यसो हुँदा स्वंयमले आफ्नो विगतको प्रस्तावमा ढिला नगरी सहमति दिने नै भए । त्यसमाथि कांग्रेसले नै रुचाएका मान्छे परे । यो प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । सँगसँगै उनीहरुको आँखा लागेको अर्को ठाउँ हो, अर्बौं बजेट भएके लुम्बिनी विकास कोष । मंसिर १८ गतेदेखि त्यसमा सदस्यसचिव पद खाली छ ।

स्रोतका अनुसार रुपन्देहिका कांग्रेस सांसद भरत शाहकी पत्नि अनिता आउने पक्काजस्तै छ । बाँकि नियुक्तिका निम्ति धेरै ठाउँ खली छन् । देवघाट विकास समिति, तारागाउँ विकास समिति, बृहतर जनकपुर विकास समिति, खप्तड विकास समिति, पर्वतिय क्षेत्र प्रशिक्षण प्रतिस्ठान, एयरपोर्टभित्रको सस्तो ठेककामा चालु होटलको म्याद थपलगायत दाम पाउने काम थुप्रै छन्, जसलाई फागुन पहिलो साताभित्र सल्टाउन बोलकबोल चल्दैछ । -जनआस्था साप्ताहिमा खबर छ ।