देउवाको खुलासा: सरकारी ढुकुटीमा १० खर्ब छ, अर्थमन्त्रीले जनता ढांटे ! - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

देउवाको खुलासा: सरकारी ढुकुटीमा १० खर्ब छ, अर्थमन्त्रीले जनता ढांटे !



काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युष्टिहरु झुट बोल्ने गरेको बताएका छन् । पछिल्लो एक दशकमा तीन चौथाई समय सरकारमा बसेका कम्युष्टिहरुनै मुलुकको वेथितिका मुख्य जिम्मेवार रहेको बताएका छन् ।

शुक्रवार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको बताए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘मलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् ।’

देउवाले यसअघि कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र अाफ्नाे नेतृत्वको सरकारले उक्त संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताए । ‘संविधान जारी भएपछि पनि दुई दुई वटा कम्युनिष्टका प्रधानमन्त्री भए,’ देउवाले भने, ‘खाेइ त उहाँहरुले चुनाव गराउन सक्नु भएको ? चुनाव गराउन कसैले रोकेको थियो ?’

देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकरात्मक हुदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्नेगरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको पनि बताए । ‘अघिल्लो बर्ष दशकौ पछि आर्थिक बृद्धि सात प्रतिशत रहयो’ देउवाले भने, ‘यो बर्ष ६ प्रतिशतको हाराहारीमा छ, अनि अर्थतन्त्र कसरी धरासायी भयो ?’

देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रीती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या दश लाख पुगेको बताउँदै राष्ट्रिय ढुकुकटीमा दश अर्ब डलर बराबर संचिति रहेको र २५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा ढुकुटी रित्तो भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।