देउवाको जिल्लामा बोल्न पनि नपाइने - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

देउवाको जिल्लामा बोल्न पनि नपाइने



धनगढी । शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने बिचार अभिव्यक्ती कसैले नदिने गठबन्धन दलले निर्णय गरेको छ ।

सत्ता गठबन्धन दलको आइतबार डडेल्धुरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको समेत स्वागत गरेका छन् ।

नेपाली काँग्रेस डडेल्धुराका उपसभापति एवम् कार्यवाहक सभापति दिल्लीराज जोशीको अध्यक्षतामा बसेको डडेल्धुरा जिल्ला स्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेका छन् ।

“निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने निष्कर्षमा पुगेका छौं,” नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले भने, “निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि बिचार अभिव्यक्ति समेत कसैले अभिव्यक्त नगर्ने निर्णय समेत भएको छ ।”