देउवाको आरोप : राष्ट्रपतिको कारण लोकतन्त्रमाथि खतरा भयो - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

देउवाको आरोप : राष्ट्रपतिको कारण लोकतन्त्रमाथि खतरा भयो



कान्तिपुर/पत्रपत्रिका/काठमाडौं-

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा देखिएको बताएका छन् । वाम गठबन्धनले अदालतलाई समेत कब्जामा लिन खोजेको उनले आरोप लगाए ।

पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण भक्तपुरको नगरकोटमा बुधबार उद्घाटन गर्दै सभापति देउवाले वाम गठबन्धनबाट लोकतन्त्रविरुद्ध आउन सक्ने चुनौती सामना गर्न युवाहरू तयार हुनुपर्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राष्ट्रिय सभा सदस्य नियुक्तिमा अदालतले गरेको आदेशलाई ‘कार्यकारी अधिकारमाथिको हस्तक्षेप’ भनी टिप्पणी गरेका थिए । त्यही अभिव्यक्तिलाई लिएर देउवाले अदालतलाई समेत कब्जामा लिने नियत वाम गठबन्धनको रहेको धारणा राखे ।

राष्ट्रपतिले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि गरेको सिफारिस रोकिराखेर ओली सरकारको सिफारिसअनुसार मनोनयन गरेप्रति देउवाको आपत्ति थियो ।