योगेश भट्टराईले देउवाको उछितो यसरी काडे - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

योगेश भट्टराईले देउवाको उछितो यसरी काडे



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले पुर्व प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको उछितो काडेका छन् ।

भट्टराईले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले संसद बैठकमा व्यक्त गरेका कुरालाई ट्वीट मार्फत व्यंग्यात्मक तरिकाले गल्तीप्रतिको आत्मग्लानी भएकोले संसदमा रिसाएको भनि सो कुरालाई गम्भीर रुपमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

देउवाले संसदमा आफ्ना कुरा राखिसकेपछि योगेशले यस्तो आग्रह गरेका हुन् ।

‘आज प्रतिपक्षी दलका नेता माननीय शेर बहादुर देउवा धेरै रिसाएको मुडमा प्रस्तुत हुनुभयो । विषयवस्तु प्रतिको असहमति हो कि ? हिजो संसदमा आफैबाट भएको गम्भीर गल्तीप्रतिको आत्मग्लानी ? जे भए पनि उहाँका कुरालाई गम्भीर रुपमा लिन् प्रधानमन्त्रीलाई अनुरोध गर्दछु’, भट्टराईले ट्विटरमा लेखेका छन् ।