देउवाले भने :अब वाइड बडीको हिसाव किताव चाहिन्छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

देउवाले भने :अब वाइड बडीको हिसाव किताव चाहिन्छ



पोखरा– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमकाे वाइड बडी जहाज खरिदमा भएकाे अनियमितताको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताए ।

सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो ।

उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो ।

प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।