देउवाको कडा टिप्पणी: राष्ट्रपति र प्रधानमन्त्रीले संविधान बुझेकै छैनन् - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

देउवाको कडा टिप्पणी: राष्ट्रपति र प्रधानमन्त्रीले संविधान बुझेकै छैनन्



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नबुझेको कडा टिप्पणी गरेका छन्। उनले राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन भएको टिप्पणी समेत गरेका छन्।

उनले राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्रीमा दुवै पक्षको दाबी परेपछि छलफलका लागि बोलाउनुपर्नेमा मध्यरातमा संसद् विघटन गरेको भन्दै आलोचना गरे। प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय नभएको देउवाको भनाइ छ।

बिहीबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल संवाद कार्यक्रममा बोल्ने क्रममा देउवाले सर्वाेच्च अदालतले न्याय दिनेमा आफूहरू विश्ववस्त रहेको बताए। उनले संविधानमाथिको हस्तक्षेपलाई अदालतले रोक्ने विश्वास लिए।

कांग्रेस सभापति देउवाले प्रधामन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ ( ५) पढ्न समेत सुझाव दिए।