तीन ठाउँमा मतगणना, तीन घण्टामै नतिजा
काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि मंगलबार भएको पुनः मतदानको गणना सुरु गर्न लागिएको छ। राति ११ बजे सभापतिका उम्मेदवारका प्रतिनिधि र गणकहरु मतगणनास्थलभित्र प्रवेश गरेका छन् ।
राष्ट्रियसभा गृहका तीन स्थानमा मतगणना गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार गणना सुरु भएको करिब ३ घण्टामै नतिजा आउनेछ ।
पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइराला भिडेका छन् ।