देउवाको सेक्रेट प्लान यस्तो छ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देउवाको सेक्रेट प्लान यस्तो छ



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । आजको नागरिकमा यो खबर छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन् ।

बैठकमा दर्जनभन्दा बढी नेताले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए ।

तर देउवाले उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठकमा सम्बोधन नै गरेनन् । त्यसैले देउवा असन्तुष्टको माग कार्यान्वयन नगरी अघि बढ्न लागेका हुन् ।