देउवा सरकारलाई सर्वोच्चले दियो यस्तो आदेश - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

देउवा सरकारलाई सर्वोच्चले दियो यस्तो आदेश



काठमाडौँ- सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतका कानुन व्यवसायीले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ।