प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लागेका छन् ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठबाट आज बालुवाटार सर्ने भएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाडेका थिए । ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन् ।