बाहिरको हल्लाभन्दा फरक छ पौडेलनिवासमा देउवा पुग्नुको रहस्य - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

बाहिरको हल्लाभन्दा फरक छ पौडेलनिवासमा देउवा पुग्नुको रहस्य



काठमाडौं- पार्टीभित्र रक्षात्मक बनेका कांग्रेस सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवासमा एक्लै पुगेका छन् । पहिले अन्य नेतामार्फत खबर पठाउने देउवा यसपटक भने आफै पुगेका छन् ।

पार्टीभित्रैबाट प्रधानमन्त्री केपी ओलीको कदममा साथ् दिएको भन्दै पेलानमा परेका देउवा एक्लै पौडेल निवास पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

यसअघि पार्टीका दोस्रो तहका नेताहरूलाई बोलाएर आन्दोलन नगरी निर्वाचनमा जान संकेत गर्दै आफूलाई विवादित नबनाउन र नेता पौडेललाई सम्झाइदिन आग्रह गरेका देउवा अहिले भने पौडेल निवासमा आफै पुगेका हुन् ।

सोमबारको भेट बाहिर चर्चा भएजस्तो सामान्य भेटघाट नभएको कांग्रेसकै नेताहरूले बताएका छन् । देउवा आफै नेताहरूको घरमा भेट्न जाने व्यक्ति नभएको र देउवा आफै एक्लै पुग्नु गम्भीर बिषयको संकेत भएको नेपाली कांग्रेसका एक नेताले बताए । बाहिर भने उनीहरूले पार्टीभित्रका विवादका विषयमा लचिलो भइदिन देउवाले आग्रह गरेको हल्ला फैलाइएको छ ।

सोमबार अपराह्न पौडेलनिवास बोहराटार पुगेका देउवा करिब डेढ घन्टा छलफल गरेका थिए । यो भेटबारे पौडेलको सचिवालयले भने सामान्य र पार्टीकै विवाद मिलाउन भेटघाट भएको दाबी गरेको छ । ‘समसामयिक राजनीतिक विषयहरूमा छलफल भयो, पार्टीको आन्तरिक विवादलाई टुंग्याएर महाधिवेशनको तयारीमा लाग्नुपर्ने विषयमा समेत छलफल भयो, तर ठोस सहमति भएन,’ पौडेलको सचिवालयले भन्यो ।

तर यो त्यस्तो सामान्य बिषय नभएको संकेत गर्दै कांग्रेसका ति नेताले पछिल्लो राजनीतिक घटनाक्रम र देउवाको मुभमेन्टलाई हेर्नुपर्ने बताउँछन् । खासमा देउवा प्रधानमन्त्री ओलिविरुद्ध आन्दोलन चर्काउने पक्षमा छैनन्, तर पौडेलले भने आन्दोलन चर्काउने पक्षमा छन् ।

अहिले सभापति देउवा थाल खाउँ कि भात भन्ने अवस्थामा पुगेको समेत ति नेताको दाबी छ । उता ओलीसंग पार्टीलाई आन्दोलनमा जानबाट रोक्ने सहमति गरेका देउवालाई रोक्न हम्मेहम्मे परेको उनको दाबी छ ।