मन्त्रिपरिषद विस्तार हुँदै: देउवा र प्रचण्डबीच भयो छलफल - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

मन्त्रिपरिषद विस्तार हुँदै: देउवा र प्रचण्डबीच भयो छलफल



काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो ।

भेटमा सरकारलाई छिट्टै पुर्णता दिनेबारे छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । उनीहरूबीच अब संयुक्त गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ ।

प्रचण्डपुत्री तथा स्वकीय सचिव गङ्गा दाहालले भनेकी छन्, ‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ, भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ।’

गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। खासगरी आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षलाई उनले पर्खेका हुन्।

नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गरेसँगै अब मन्त्रिपरिषदलाई पूर्णता दिने प्रक्रिया अघि बढेको हो। नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ।