प्रधानमन्त्री भएलगत्तै देउवालाई मोदीको फोन
काठमाडौ, २४ जेठ
प्रधानमन्त्री चुनिएको केही बेरमा नै शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरि बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै उनलाई कार्यकालको शुभकामना दिंदै आउँदा दिनमा गर्नुपर्ने कार्यको सफलताको कामना गरेका उनका स्वकीय सचिव भानु देउवाले कान्तिपुरलाई जानकारी दिए । ‘मोदीजीले यहाँको कार्यकालमा नेपाल भारत सम्वन्ध थप उचाईमा पुग्ने विश्वास ब्यक्त गर्नुभयो,’ उनले भने ।
प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै नेपाल भारत सम्वन्ध उनको यसअघिको अनुभव र आगामी निर्वाचन तथा अन्य अवस्थाको बारेमा समेत कुराकानी भएको थियो । नेपालमा प्रधानमन्त्री बन्नेवित्तिकै मोदीले यसरी टेलिफोन गर्ने गरेका छन् । भारतीय सुभेक्षा नेपाकलो विकास र सफलताको लागि सधै रहने भन्दै मुलुकको स्थायित्व र विकासको लागि उनलाई शुभकामना समेत ब्यक्त गरेका छन् ।
देउवालाई अन्य मुलुकबाट समेत विदेशी मित्रहरुले शुभकामना ब्यक्त गरिरहेका छन् । कतिपय राजदूतले पनि शुभकामना दिइरहेका छन् । उनी स्वयंलाई फोन सम्पर्क नहुँदा स्वकीय सचिव वा अन्य परिवार सदस्यलाई फोन गरेर शुभकामाना दिइरहेको पारिवारिक स्रोतले बतायो । कान्तिपुरमा खबर छ ।