गठबन्धनको बैठक बसेन, देउवा र प्रचण्डमात्रै भेटे
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ।
बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो।
सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।