देउवा र प्रचण्डबीच आधा घण्टा छलफल - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

देउवा र प्रचण्डबीच आधा घण्टा छलफल



काठमाडौं- राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएकाे समयसीमा सकिनै लाग्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ।

आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गरिरहेका देउवालाई भेट्न प्रचण्ड उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। उनीहरुबीच आधा घण्टा पछिल्लाे राजनीतिक परिवेशबारे कुराकानी भएका देउवाका सहयोगी भानु देउवाले बताए।

देउवाले प्रचण्ड भेट्नुअघि जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए।

उनीहरू तटस्थ बस्ने अडानमा छन्। शिर्ष नेताहरूसँगको वार्तापछि देउवाले ४ बजेका लागि पदाधिकारी बैठक बोलाएका छन्। यता, अध्यक्ष ठाकुर पनि आफू निकटका नेताहरूसँग छलफलमा जुटेका छन्।

पार्टीभित्रको विवादका कारण केपी शर्मा ओली सरकार ढाल्न निर्णायक भूमिकामा देखिएका नेता माधव कुमार नेपाल समूह अहिले वार्तामा बसिरहेको छ। अध्यक्ष ठाकुरको तटस्थता र नेता नेपाल र ओलीकाे वार्ताले विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना टर्दै गईरहेकाे छ।