बिहानैदेखि देउवा र प्रचण्ड 'वान टु वान' वार्तामा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बिहानैदेखि देउवा र प्रचण्ड ‘वान टु वान’ वार्तामा



काठमाडौँ- गठबन्धन टुट्ने चर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार बिहानैदेखि ‘वान टु वान’ वार्तामा छन् ।

बिहिबार दिउसोलाई निर्णायक भनिएको सर्वदलीय बैठक डाकिएको छ भने देउवा र प्रचण्ड बिहानैदेखि छलफलमा छन् । एमसिसी प्रकरणले नयाँ मोड लिएकै बेला मध्यमार्गी निकासको बारेमा छलफल गर्न प्रचण्ड बिहानै बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेको बेला दुई नेताबीच भैरहेको ‘वान टु वान’ वार्तालाई अर्थपूर्ण मानिएको छ । बिहानैदेखि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड समस्याको निकास खोज्न बालुवाटारमा जुटेका छन् ।

दुई पक्षवीच प्रतिष्ठाको विषय बनेको एमसीसीमा बिचको बाटो निस्किएन भने भोलि परिस्थिति बेग्लै किसिमले अघि बढ्नसक्ने आकलन गरिएको छ ।