देउवा पत्नी राणासँग कैलाली-५ मा प्रतिस्पर्धा गरेका रानाले धनगढीमा गरे मतदान - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

देउवा पत्नी राणासँग कैलाली-५ मा प्रतिस्पर्धा गरेका रानाले धनगढीमा गरे मतदान



धनगढी- कैलाली क्षेत्र नम्बर ५ बाट संयुक्त वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारदमुनि रानाले मतदान गरेका छन्। उनले धनगढी उपमहानगरपालिका–८, धनगढी माविबाट मतदान गरेका हुन्। उनी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकी आरजु राणा देउवासँग प्रतिस्पर्धा गर्दैछन्।

विवेकशील साझा पार्टीका उम्मेदवार दिनेशराज भण्डारीले पनि मतदान गरेका छन्। उनले धनगढी उपमहानगरपालिका–१, उपमहानगरपालिकाको प्राङ्गणबाट मतदान गरेका हुन्।
यस्तै प्रदेश (ख) का उम्मेदवार डिल्लीराज पन्तले पनि धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा पुगी मतदान गरे।

कैलाली क्षेत्र नम्बर ४ बाट संयुक्त वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले गोदावरी नगरपालिका–१, अत्तरिया स्थित घन्टेश्वरी माविबाट मतदान गरेका छन्।
कैलाली क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईश्वरी न्यौपानेले पनि मतदान गरिसकेकी छिन्।