देउवा निवासमा तीन दलको बैठक शुरू - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

देउवा निवासमा तीन दलको बैठक शुरू



काठमाडौं । सत्तासमीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको बैठक सुरु भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत छन् ।

माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन् । यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई सहभागी छन् ।