चुनावको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई देउवाले दिए निर्देशन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

चुनावको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई देउवाले दिए निर्देशन



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ पहिलो साताभित्रै सम्पन्न हुने जानकारी दिंदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीसँग सोमबार भएको भेटमा देउवाले स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको कांग्रेसका एक नेताले बताएका छन्।

प्रधानमन्त्रीले स्थानीय निर्वाचन जेठ पहिलो साताभित्र एकै चरणमा गर्ने तयारी भैसकेको र निर्वाचन आयोगलाई पनि भनिसकेको भन्दै चुनावको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७४ मा निर्वाचित सबै स्थानीय जनप्रतिनिधिको पदावधि ५ जेठ २०७९ मा समाप्त हुँदै छ। संविधानले उनीहरूको पदावधि पाँच वर्ष हुने व्यवस्था गरेको छ।