देउवाको कार्यकर्तालाई यस्तो निर्देशन
काठमाण्डौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले विकासका नाममा भ्रष्टाचार मौलाएको बताएका छन् ।
नेपाल विद्यार्थी संघ डडेल्धुरा काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विमानस्थलका नाममा रुख काट्न खोज्नु, बिमान खरिदमा अनियमितता हुनुले मुलुकमा बिकासका नाममा भ्रष्टाचार मौलाएको जिकिर गरे । देउवाले रुख काटेर बिमानस्थल निर्माण गर्ने काम वातावरणीय तवरले पनि उपयुक्त नभएको भन्दै रुख काट्ने कार्यलाई रोक्न कार्यकर्तालाई निर्देशन दिए ।
कम्युनिष्ट सरकारले मुलकमा त्रास सिर्जना गरेको भन्दै अब काग्रेसले बाध्य भएर आन्दोलन गर्ने अवस्था आउन सक्ने उको भनाई थियो । त्यस्तै सभापति देउवाले मुलुकमा देखा परेको अराजकतालाई सामना गर्न काग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।
सभापति देउवाले भातृसंगठन कमजोर भए पार्टी नै कमजोर हुने भन्दै नेविसंघलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् ।