देउवा र निधि समूहबीच विवाद - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

देउवा र निधि समूहबीच विवाद



जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो ।

विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै बिहीबार मतदान गराउने माग गरेको थियो ।

तर शेरबहादुर देउवा समूहका नेताहरूले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद भएको हो ।

निधि समूहबाट रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छन् ।