माधव नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेपछि…
काठमाडौं- पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाल निवासमा पुगेका छन् ।
सोमबार अपरान्ह पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको साथमा उनी माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। उनीहरू अहिले छलफल गरिरहेको स्रोतले बताएको छ ।
नेता नेपाललाई भेट्न देउवा पहिलोपटक नेपाल निवासमा पुगेका हुन् । यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जान्थे।
एमालेमा विवाद मिल्ने र देउवाको पक्षमा दिएको हस्ताक्षर नेपाल समुहले फिर्ता लिने चर्चाबीच देउवा नेपाल निवासमा पुगेका हुन् ।