संसद भवनमै किन रिसाए माधव नेपाल र शेरबहादुर देउवा ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्र्सना गरेका हुन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टी त्यस घटनाको विरुद्धमा रहेको प्रतिक्रिया दिए ।
उनले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो ? भनि सरकारलाई प्रश्न पनि गरे । सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको स्पष्ट पारे ।
त्यस्तै सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहलाई अनावश्यक धरपक्कड गर्न नमिल्ने भन्दै अाक्राेश पाखेका छन् ।
वरिष्ठ नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपक्कड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुसाहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिए ।
बिहीबार संघीय संसद भवनमा संचारकर्मीहरुसँग बाेल्दै उनले कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने स्पष्ट पारे । मुद्दा मामिला भए कानुन बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिने पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालको भनाई छ । तर निरुत्साहित हुने गरी पत्रकारहरुलाई दुःख दिने काम प्रहरीले गर्न नहुने पनि उनले स्पष्ट पारे ।
समाचार प्रकाशन गरेकै आधारमा गएको सोमबार बिहान पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।