सकिनै लाग्यो मतगणना, देउवाको सम्भावना बलियो बन्दै
काठमाडौं- नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तगर्त सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।
अहिलेसम्म ३१७७ मतगणना हुँदा देउवाले १५०७ मत पाएका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ११६४ मत पाएका छन् ।
प्रकाशमान सिहंले २५४ मत पाउँदा विमलेन्द्र निधिले १९० मत पाएका छन् । कल्याण्ड गुरुङले १६ मत पाएका छन् ।