बिहानै देउवा निवास पुगे राजेन्द्र महतो
काठमाडौं- वैकल्पिक सरकारको दावी प्रस्तुत गर्ने समय सकिनै लाग्दा जनता समाजवादी पार्टी वरिष्ठ नेता राजेन्द्र महतो एकाएक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
देउवा भेट्न बिहानै पुगेका महतोले बूढानीलकण्ठमा छलफल गरिरहेका छन् । उनीहरुबीच १ घण्टा अघिदेखि छलफल भैरहेको देउवा निकट एक नेताले बताए ।
बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज सकिँदै गर्दा सरकार बाहिर रहने घोषणा गरेका नेता महतो एकाएक देउवा निवासमा जानुलाई अर्थपूर्ण मानिएको छ ।