यी हुन् देउवाको पक्षमा मतदान गर्ने एमालेका २२ सांसद (नाम सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

यी हुन् देउवाको पक्षमा मतदान गर्ने एमालेका २२ सांसद (नाम सहित)



काठमाडौं । नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । माधव नेपाल समुहका १० जना नेताहरू केपी शर्मा ओलीले कारबाही गर्ने भनेपछि मतदान नगरी निस्किंदा पनि देउवाको पक्षमा २२ सांसदले मतदान गरेका छन् ।

विश्वासको मतका लागि भएको मतदानमा यसअघि केपी शर्मा ओलीसँगै रहेका केही प्रभावशाली सांसद तथा पूर्वमन्त्रीलेसमेतले देउवालाई मतदान गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसद अनुपस्थित भए पनि अधिकांशले मत दिएका थिए । यससंगै संसदको आयु लम्बिएको छ ।

यी हुन् देउवाको पक्षमा मतदान गर्ने एमालेका २२ सांसद

माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम, प्रेम आले, धनबहादुर बूढा, बिना बूढाथोकी, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, निरा जैरी, रामकुमारी झाँक्री, कलिला खातुन, समिना हुसेन, कृष्णलाल महर्जन