आफ्नै कार्यकर्ताले कांग्रेस सभापति देउवाको घर घेरेपछि... - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

आफ्नै कार्यकर्ताले कांग्रेस सभापति देउवाको घर घेरेपछि…



काठमाडौँ– नेपाली कांग्रेसकै कार्यकर्ताले सभापति शेरबहादुर देउवाको घर घेराउ गरेका छन् । क्रियाशील सदस्यता विवाद तत्काल सल्टाउन र तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दै उनीहरूले घर घेराउ गरेका हुन ।

नेपाली कांग्रेसकै कार्यकर्ताहरूलेले सभापति देउवाको निवास घेराउ गरेर प्रर्दशन समेत गरेका छन्। देउवाको निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक बस्नुअघि कार्यकर्ताले घर घेराउ गरेका हुन्।

क्रियाशील सदस्यताकै विषयलाई लिएर पार्टी कार्यालय सानेपामा धर्ना चलिरहेको छ। पार्टी कार्यालयको धर्ना र विरोध छल्न देउवाको निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक राखिएको थियो तर कार्यकर्ताले त्यही गएर प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन, महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

प्लेकार्डसहित उपस्थित भएका कार्यकर्ता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। विरोध कार्यक्रमको अगुवाइ रञ्जित कर्णले गरेका छन्। आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले बिथोलिएको महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गर्ने तयारी छ।

तर पौडेल समूहले भने ‘फास्ट ट्रयाक’बाट भए पनि भदौमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ।संस्थापन पक्षले भने आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।