देउवाले किन डाके आकस्मिक पत्रकार सम्मेलन ? - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवाले किन डाके आकस्मिक पत्रकार सम्मेलन ?



काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

सभापति देउवाले आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन बोलाएका छन् । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने बताइएको छ ।

बिहीबारबाट काठमाडौं उपत्यकासहित एक दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएपछि देउवाले पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम र जनजीविका विषयमा सरकारको ध्यानाकर्षण गराउने बुझिएको छ ।