ज्योतिष भेटेलगत्तै देउवाको बोली फेरियो, गरे प्रधानमन्त्री बन्ने संकेत
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए पछि नहट्ने बताएका छन् ।
बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने ।
कार्यक्रमा देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । सोही कार्यक्रमा वरिष्ठ नेता पौडेलले काँग्रेस सरकारमा जान नहुने बताएका थिए । काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह पर्ने उनको भनाइ थियो ।
‘काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ,’ पौडेलले भनेका थिए ।
सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका छन् । केहिदिन अगाडी मात्र नेकपा नफुटेसम्म कांग्रेसले सहयोग नगर्ने बताएका देउवाले आज भने एकाएक प्रधानमन्त्रीको जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् ।
उनले हिजोमात्र आफ्ना ज्योतिसँग परामर्श लिएका थिए । उनका ज्योतिषले यसअघि नै सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।